सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • २ जना युवाले कुटपिट गर्दा १ युवाको मृत्यु

२ जना युवाले कुटपिट गर्दा १ युवाको मृत्यु

4340
Shares
२ जना युवाले कुटपिट गर्दा १ युवाको मृत्यु

दाङ । सल्यानमा दुई जना युवाले कुटपिट गर्दा एक जना किशोरको ज्यान गएको छ । सल्यानको बागचौर नगरपालिका ७ कोटबारा पुरानछाप निवासी २० वर्षीय घनश्याम ओलीलाई छिमेकी गाउँका दुई जना युवाले कुटपिट गर्दा ज्यान गएको हो ।

छिमेकी गाउँ स्याला भन्ने ठाउँका २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओलीले कार्तिक ४ गते उनलाई कुटपिट गरेका थिए । कुटपिटपछि घाइते भएका उनको उपचारका क्रममा आज भारतको लखनउमा ज्यान गएको इलाका प्रहरी कार्यालय थारमारेले जनाएको छ । कुटपिट गर्ने सन्तोष ओलीलाई दाङबाट पक्राउ गरिएको र केशर ओली फरार रहेको इप्रका थारमारेले जनाएको छ ।

यता दाङमा आमाले आफ्नै १६ दिने बच्चाको घाँटी रेटेर हत्याको प्रयास गरेकी छिन । लमही नगरपालिका वडा नम्बर ७ कप्तानगञ्ज निवासी २५ वर्षीया निरम चौधरीले बुधवार दिउँसो आफ्नै छोरीको हत्याको प्रयास गरेकी हुन ।

तरकारी काट्ने चक्कुले बच्चाको घाँटी रेटिएको हो । आमाले बच्चालाई घर पछाडी लगेर घाँटी रेटिन । लगत्तै बच्चालाई बोकेर झाडी तिर जाँदा उनका देवर सुमन चौधरीले बच्चा रोएको आवाज सुनेपछि कुदेर बच्चा खोस्ने काम भयो । शायद उनले बच्चा मरयो भन्ने सोचले झाडीमा फाल्न जादै थिइन । तत्कालै बच्चालाई अस्पताल लगियो । अहिले बच्चालाई लमही अस्पतालमा सामान्य उपचार पछि घोराही रेफर गरिएको छ । आमालाई भने अहिले वडा प्रहरी कार्यालय लमहील नियन्त्रणमा लिएको छ ।

4340
Shares

ट्रेन्डिङ