सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • इङ्ल्यान्डलाई भारतले दियाे २ सय ३० रनकाे लक्ष्य

इङ्ल्यान्डलाई भारतले दियाे २ सय ३० रनकाे लक्ष्य

965
Shares
इङ्ल्यान्डलाई भारतले दियाे २ सय ३० रनकाे लक्ष्य

काठमाण्डाै । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले इङ्ल्यान्डलाई २ सय ३० रनकाे लक्ष्य दिएकाे छ ।

लखनउमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय २९ रन बनायाे । भारतका कप्तान राेहित शर्माले सर्वाधिक ८७ रन बनाए । यस्तै सूर्यकुमार यादवले ४९ र केएल राहुलले ३९ रन बनाए । बलिङतर्फ इङ्ल्यान्डका डेभिड विलीले ३ तथा क्रिस वाेक्स र अदिल रशिदले समान २ विकेट लिए ।

भारत ५ खेलमा १० अङ्कसहित तालिकाकाे दाेस्राे स्थानमा छ । इङ्ल्यान्ड ५ खेलमा २ अङ्कसहित पुछारमा छ ।

965
Shares

ट्रेन्डिङ