सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • आगोलागी हुदा १ जनाको ज्यान गयो, १ जना घाइते

आगोलागी हुदा १ जनाको ज्यान गयो, १ जना घाइते

640
Shares
आगोलागी हुदा १ जनाको ज्यान गयो, १ जना घाइते

काठमाण्डाै । ओखलढुङ्गाको मानेभञ्ज्याङमा भएको आगलागीमा परेर एक जनाको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् ।

हिजो बेलुका ५ बजेतिर लागेको आगलागीमा परेर मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ७ हर्कपुरकी ३९ वर्षीया कमला दाहाल गौतमको ज्यान गएको प्रहरीले जनाएको छ । उहाँको शव परीक्षणको लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

प्रहरीका अनुसार आगो निभाउने क्रममा कमलाकी देउरानी २७ वर्षीया जानुका गौतम घाइते हुनुभएकाे र उहाँको उदयपुरमा रहेको जनसेवा हेल्थ केयर घुर्मीमा उपचार भइरहेको छ । पेट्रोलियम पदार्थ प्रयोग गरी आगो बाल्दा दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

640
Shares

ट्रेन्डिङ