सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • दाप्चामा मुटुरोग सम्बन्धी विशेषज्ञसहितको स्वास्थ्य शिविर

दाप्चामा मुटुरोग सम्बन्धी विशेषज्ञसहितको स्वास्थ्य शिविर

975
Shares
दाप्चामा मुटुरोग सम्बन्धी विशेषज्ञसहितको स्वास्थ्य शिविर

काभ्रे । नमोबुद्ध नगरपालिका वडा नं ८ स्थित दाप्चा माध्यमिक विद्यालयमा मुटुरोग सम्बन्धी विशेषज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । श्रीकृष्णजन्माष्टमीको अवसर पारेर नमोबुद्ध सेवा समाज, काठमाडौंको आयोजनामा मुटुरोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो । शिविरमा २ सय ५४ जना लाभान्जित भएको आयोजक नमोबुद्ध सेवा समाजका अध्यक्ष विरेन्द्र लामाले जानकारी दिए ।

वरिष्ठ मुटुरोग विशेषज्ञ प्राध्यापक डा. अंगदमणि श्रेष्ठको नेतृत्वमा डा. शरद ओली, डा. तिलक पन्त, डा. सनी थापा, डा. उमेशप्रसाद यादव, डा. चन्दन कुशवाह लगायत स्वाथ्यकर्मीहरुको टोलीले स्वास्थ्य परिक्षण गरेको हो । मुटुरोग तथा अन्य रोग सम्बन्धी स्वास्थ्य परिक्षण तथा परामर्श, निशुल्क औषधी वितरण, निशुल्क इसिजी सेवा, निशुल्क प्याथोलोजी ल्याव साथै रगत, पिसाव निशुल्क परिक्षण गरिएको थियो ।

स्वास्थ्य शिविरको नमोबुद्ध नगरप्रमुख कुन्साङ लामाले उद्धघाटन गरे । उनले आफ्नो जन्मभूमीको माया गरेर निशुल्क शिविर सञ्चालन गरेकोमा आयोजकलाई धन्यवाद दिदै यस्ता सामाजिक काममा नगरपालिका सहयोग गर्न तयार रहेको बताए । कार्यक्रममा वडा नं ८ का अध्यक्ष शेरबहादुर तामाङ, वडा न. १० का अध्यक्ष रामकृष्ण उपाध्याय, ११ का वडा अध्यक्ष कृष्णबहादुर तामाङ, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, आयोजक संस्थाका पदाधिकारी लगायत स्थानीयको उपस्थिती थियो ।

कार्यक्रमको समापन गर्दै नगर उपप्रमुख रत्नबहादुर लामाले यस्ता सामाजिक कामको निरन्तरता अपेक्षा गरे । आयोजकले कार्यक्रममा सहयोग गर्ने सबै व्यक्ति र संस्थालाई प्रशंसापत्र प्रदान गरेको छ । जन्मभूमिको सेवा गर्ने उद्धेश्यले नमोबुद्धमा जन्मिएर देशका विभिन्न भागमा रहेका नगरवासीले सामाजिक संस्था दर्ता गरेका हुन् ।

975
Shares

ट्रेन्डिङ