सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • प्रेमिकाकै सुराकीमा प्रिन्सिपलकाे हत्या

प्रेमिकाकै सुराकीमा प्रिन्सिपलकाे हत्या

3130
Shares
प्रेमिकाकै सुराकीमा प्रिन्सिपलकाे हत्या

बारा । बाराको कलैया ६ स्थित बाल एकता स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकारको हत्या त्रिकोणात्मक प्रेम सम्बन्धका कारण भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकी युवतीका अनुसार प्रिन्सिपल स्वर्णकार उनीसँग विवाहेत्तर प्रेम सम्बन्धमा थिए । ती युवती अर्का ब्वाइफ्रेन्ड पनि थिए ।

उनीहरू तीनै जनालाई एकअर्काको सम्बन्ध बारे जानकारी थियो । युवतीका प्रेमीले प्रिन्सिपल स्वर्णकारलाई छोड्न भनेका थिए तर स्वर्णकारले नमाने पछि युवतीसँग मिलेर हत्या योजना बनाएको प्रारम्भिक सोधपुछमा खुलेको बाराका प्रहरी प्रमुख सुरेश काफ्लेले बताए । स्वर्णकारकी प्रेमिकाले हत्यामा दोहोरो भूमिका खेलेको प्रहरी प्रारम्भिक अनुसन्धानमा देखिएको जनाइएको छ ।

अहिले ति युवती सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक महिला बाल एकता स्कुलकै पूर्वशिक्षिका छिन् । उनीहरूले यस अघि पनि कलैयाको एक होटलमा स्वर्णकारलाई हत्या गर्ने प्रयास गरेको समेत खुलेको छ । तर स्वर्णकार भागेका थिए ।

उनले प्रहरीलाई भने खबर गरेका थिएनन् । तर सोमबार भने उनीहरू सफल भए । योजनाअनुरूप दुइटा मोटरसाइकलमा आएका चार जनाको समूहले स्वर्णकारमाथि गोली चलाएको पाइएको प्रहरीले जनाएको छ ।

3130
Shares

ट्रेन्डिङ