सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • कार अनियन्त्रित भई दुर्घटना, २ पैदलयात्री घाइते

कार अनियन्त्रित भई दुर्घटना, २ पैदलयात्री घाइते

1115
Shares
कार अनियन्त्रित भई दुर्घटना, २ पैदलयात्री घाइते

काठमाडौँ | बालुवाटारमा तिव्र गतिमा आएको निजी कार अनियन्त्रित भई सडक सिमा पार गरी दुर्घटना हुँदा मनिङ् वाकमा हिँडेका दुई पैदलयात्री घाइते भएका छन् ।

बालुवाटारबाट महाराजगंजतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२८-९६३४ बिवाइडी इलेक्ट्रिक कार अनियन्त्रित हुँदा फुटपाथ हुँदै घरको पर्खालनै छेडेको छ । कारको ठक्करबाट ५६ वर्षीय रेखा सिहं गम्भिर घाइते भएकी छिन् भने २२ वर्षीय जेनी राईको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

कार चालक २४ वर्षीय पारस भेटवाललाई प्रहरीले पक्राउ गरेको छ ।

1115
Shares

ट्रेन्डिङ