सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • काभ्रेमा घट्यो डेंगु संक्रमितको संख्या, कुनपालिकामा कति छन् डेंगुका बिरामी ?

काभ्रेमा घट्यो डेंगु संक्रमितको संख्या, कुनपालिकामा कति छन् डेंगुका बिरामी ?

1040
Shares
काभ्रेमा घट्यो डेंगु संक्रमितको संख्या, कुनपालिकामा कति छन् डेंगुका बिरामी ?

काभ्रे । गत २४ घण्टामा काभ्रेमा डेंगु संक्रमितको संख्या घटेको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार सबैभन्दा बढि बनेपा नगरपालिकामा महिला ४० र पुरुष ३२ गरी जम्मा ७२ जना डेंगु संक्रमित रहेका छन् । यसै गरी बेथानचोक गाउँपालिकामा डेंगु संक्रमितको संख्या नभएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

यसैगरी धुलिखेल नगरपालिकामा महिला १३ र पुरुष ८ गरी जम्मा २१ जना, पनौती नगरपालिकामा महिला ६ र पुरुष १४ गरी जम्मा २० जना, पाँचखाल नगरपालिकामा महिला ६ र पुरुष ३ गरी जम्मा ९ जना, नमोबुद्ध नगरपालिकामा महिला ७ र पुरुष १५ गरी जम्मा २२ जना, मण्डनदेउपुर नगरपालिकामा महिला १० र पुरुष ९ गरी जम्मा १९ जना, त्यस्तै ,भुम्लु गाउँपालिकामा महिला १ र पुरुष ० गरी जम्मा १ जना, रोशी गाउँपालिकामा महिला ६ र पुरुष २ गरी जम्मा ८ जना, तेमाल गाउँपालिकामा महिला २ र पुरुष ० गरी जम्मा २ जना, खानीखोल गाउँपालिकामा महिला ० र पुरुष १ गरी जम्मा १ जना, महाभारत गाउँपालिकामा महिला ० र पुरुष १ गरी जम्मा १ जना, चौरीदेउराली गाउँपालिकामा १ महिला, डेंगु संक्रमित रहेका छन् ।

गत २४ घण्टामा पाँचखाल नगरपालिकामा १ जना पुरुषमात्रै डेंगु संक्रमित भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

1040
Shares

ट्रेन्डिङ