सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • उच्च पहाडी भागहरुमा हिमपात र वर्षा

उच्च पहाडी भागहरुमा हिमपात र वर्षा

875
Shares
उच्च पहाडी भागहरुमा हिमपात र वर्षा

काठमाडौं । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका उच्च पहाडी भागहरुमा हिमपात र वर्षा भएको छ ।

सुर्खेतको वीरेन्द्रनगर र आसपासका क्षेत्रमा गएरातिदेखि आज बिहानसम्म पानी परेको छ । हुम्ला सदरमुकाम सिमकोटमा रहेका समाजशास्त्री सुवास चन्द्र घिमिरेका अनुसार सोमबार बिहान ६ बजेदेखि नै सिमकोटमा हिमपात भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हिमपात र वर्षा हल्का खालको रहेको जनाएको छ । काठमाडौं तथा आसपासका क्षेत्रमाअत्यधिक चिसो बढेको छ ।

875
Shares

ट्रेन्डिङ