सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • काभ्रेमा चिनीको अवैध तस्करी, १० क्वीन्टल चिनी बरामद

काभ्रेमा चिनीको अवैध तस्करी, १० क्वीन्टल चिनी बरामद

1890
Shares
काभ्रेमा चिनीको अवैध तस्करी, १० क्वीन्टल चिनी बरामद

काभ्रेमा अबैध चिनीको तस्करी हुने गरेको रहस्य बाहिरीएको छ ।

आज बीपी राजमार्गको धुलिखेल नगरपालिका वडा नम्बर ९ काभ्रेभञ्ज्याङ स्थित प्रहरी चेक पोष्टमा सवारी साधन जाँच गर्ने क्रममा ठूलो परिमाणमा अबैध चिनी फेला परेपछि राजमार्गबाट चिनीको तस्कर हुने गरेको कुरा पत्ता लागेको हो ।

पुर्वी नेपालको बिभिन्न स्थानबाट आएका सवारी साधन चेकजाँच गर्ने क्रममा करिब ३३ वटा बोरामा अवैध रुपमा लुकाई छिपाई ल्याएको अन्दाजी १० क्वीन्टल (१ हजार केजी) चिनी बरामद भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

नेपाल प्रहरी र ट्राफिक सहितको संयुक्त चेकिङका क्रममा अबैध तरिकाबाट राजधानी तर्फ ल्याउन यो परिमाणमा चिनी बरामद भएको हो । आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

1890
Shares

ट्रेन्डिङ