सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • ११ किलो सुन प्रकरणमा थप १ जना पक्राउ

११ किलो सुन प्रकरणमा थप १ जना पक्राउ

810
Shares
११ किलो सुन प्रकरणमा थप १ जना पक्राउ

दोलखा | दोलखामा बरामद भएको ११ किलो सुन प्रकरणमा प्रहरीले काठमाडौँबाट थप एक जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सोमबार काठमाडौँबाट महिमा माझीलाई पक्राउ गरेको हो । सुन प्रकरणमा पक्राउ परेकासँग उनको बैकिङ कारोबार देखिएका कारण उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दोलखा जिल्ला प्रहरी कार्यालयले पक्राउ गर्न पत्राचार गरेअनुरुप नै प्रहरीले उनलाई पक्राउ गरेर थप अनुसन्धानका लागि मंगलबार जिल्ला प्रहरी कार्यालय दोखला पठाएको छ ।

दोलखामा सुन तस्करी गरिएको यस प्रकरणमा यसअघि नै १४ जना पक्राउ परिसकेका छन् ।

810
Shares

ट्रेन्डिङ