सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • स्थानीयले गरे सडक अवरुद्ध

स्थानीयले गरे सडक अवरुद्ध

830
Shares
स्थानीयले गरे सडक अवरुद्ध

काठमाडौं | भक्तपुरको बाखामा स्थानीयबासिन्दाले प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका छन् ।

हिजो बिहीबार साँझ लोकन्थलीमा तेल बोक्ने ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–४ ठुलो सिरुवारी घर भएर बालकोट बस्ने बर्ष ४१ को हरिशरण पुरीको ज्यान गएपछि उनका आफन्त र स्थानीयबासिन्दाले सडक अवरुद्ध गरेका हुन् ।

कोटेश्वरबाट भक्तपुरतर्फ आइरहेको ना ७ ख ४७७४ नम्बरको तेल बोक्ने ट्यांकरले सोही दिशाबाट आँउदै गरेको बा ७३ प २१६० नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा चालक पुरीको ज्यान गएको थियो ।

ट्यांकर चालकको लापरबाहीले ज्यान गएको र पीडकलाई प्रहरीले जोगाउन खोजेको भन्दै स्थानीयबासिन्दाले बाखामा रहेको प्रहरी कार्यालयमा प्रदर्शन गरेका हुन् ।‘हाम्रो दाईको ज्यान गएको छ, प्रहरीले ३ चोटीमा मात्रै जाहेरी लिन मान्यो, वार्तामा ट्यांकरको समितिलाई बोलाउँदा आएका छैनन् । प्रहरी नै सेटिङमा लागेर घटना लुकाउन खोजिरहेका छ,’ मृतकका काका छोरा रहेका सुबास पुरीले भने ।

उनले ट्यांकर चालकले रक्सी खाएको हुन सक्ने भन्दै लापरबाही लुकाउन प्रहरीलाई सिन्धुपाल्चोकका नेताहरुले दबाब दिइरहेको बताए । उनले ट्यांकर धनी माओवादी नेता अग्नी सापकोटा, माधव सापकोटा, चौतारा साँगाचोकका मेयर कृष्ण सापकोटाका नातेदार रहेको दाबी गरे ।

भक्तपुर प्रहरीले भने बिना दबाब काम गरिरहेको जनाएको छ । ट्यांकर चालक जिल्ला सिन्धुपाल्चोक बलेफी गाँउपालिका–२ बस्ने बर्ष ४५ को तुलबहादुर माझीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको भन्दै भक्तपुर प्रहरीका सूचना अधिकारी भुवन भट्टले कानुनी प्रक्रिया अनुसार काम गरिरहेको बताए ।

‘प्रहरीले गर्नुपर्ने अनुसन्धान गरेर अदालतबाट म्याद थप समेत गरिसकेको अवस्था छ । सवारी चालक र सवारीलाई हामीले नियन्त्रण मै लिएका छौं, घटना लुकाउनु पर्ने, दबाबमा काम गर्नुपर्ने केहि छैन,’ सूचना अधिकारी भट्टले भने ।

पीडित पक्ष र ट्यांकर समितिमा वार्ताका बीच सडक अवरुद्ध गर्दा आवतजावतमा समस्या भएको भट्टले बताए ।

830
Shares

ट्रेन्डिङ