सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • आगलागी हुँदा ३ बालबालिकासहित एकै घरका ४ जनाको मृत्यु

आगलागी हुँदा ३ बालबालिकासहित एकै घरका ४ जनाको मृत्यु

740
Shares
आगलागी हुँदा ३ बालबालिकासहित एकै घरका ४ जनाको मृत्यु

 बर्दियामा आगलागी हुँदा एकै घरका चार जनाको मृत्यु भएको भने एक जना गम्भीर घाइते भएका छन् ।

गुलरिया नगरपालिका-४ तुलापुरस्थित एक घरमा आगलागी हुँदा तीन बालबालिकासहित चार जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाको अनुसार शुक्रबार राति भरत चन्दको घरमा आगलागी भएको थियो ।

आगलागीमा परि ७ वर्षीय बालक कृष चन्द, १८ महिनाका कार्तिक चन्द, ९ वर्षीया बाललिका मानसी बुढा र ३६ वर्षीया राधा बुढाको मृत्यु भएको छ । चिसोबाट बच्न तसलामा बालेको आगोको गालबाट आगलागी भएको प्रहरी नायव उपरीक्षक तुल्सिराम अर्यालले बताए ।

740
Shares

ट्रेन्डिङ