सबैको समाचार
सोमवार, बैशाख १७, २०८१

कमला नदीमा भूत मेला

645
Shares
कमला नदीमा भूत मेला

जनकपुरधाम । सिराहा  र धनुषाको मा भएर बग्ने कमला नदीमा भूत मेल लागेको छ । 

कात्तिक पूर्णिमाको अवसरमा प्रत्येक वर्ष कमला नदीमा भूत मेला लाग्ने गर्दछ । मेलामा बिहानैदेखि कमला स्नान गर्ने श्रद्धालुहरुको घुइँचो लागेको छ ।

भूत मेलालाई धामी झाँक्रीको मेला पनि भनिन्छ । आजका दिन नयाँ-नयाँ धामी झाँक्री बन्ने तथा तन्त्रमन्त्रमा सिद्ध पाउने जनविश्वास रहेको छ । भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनहरुले कमला नदीको शुद्ध पानी आ-आफ्नो घर लैजाने गर्छन् । उक्त पानीलाई जमिन छर्केर पूजाका लागि शुद्ध पार्न प्रयोगमा ल्याइने छ ।

धामी झाँक्रीहरुले भूत र घरको कुल देवता खेल्दै आजको दिन अर्थात् कात्ति शुक्ल पूर्णिमाको दिन स्नान गर्ने परम्परा छ । सर्वसाधारणका अनुसार कसैलाई भूत लागेको छ भने त्सलाई शरीरबाट हटाउन र सत्य वचन बोलाउनका लागि कमला स्नान गरिन्छ । आजका दिन कमला नदीको किलोमिटरसम्म नदिका किनारामा धामीझँक्रीले देवता खेलिरहेका हुन्छन् ।

स्नानको समयमा मूल धामीले लोक भाकामा गीत समेत गाउने गरेका छन् जसलाई स्थानीय भाषामा महराइ भनिन्छ ।

645
Shares

ट्रेन्डिङ