सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • लण्डनमा प्रभु बैंकलाइ बैंक अफ द इयरको अवार्ड

लण्डनमा प्रभु बैंकलाइ बैंक अफ द इयरको अवार्ड

520
Shares
लण्डनमा प्रभु बैंकलाइ बैंक अफ द इयरको अवार्ड

काठमाडौं । सन् २०२३ का लागि बैंक अफ द इयरको अवार्ड प्रभु बैंकले पाएको छ । लण्डनको फाइनान्सियल टाइम्सले हरेक वर्ष प्रदान गर्दै आएको यो अवार्ड नेपालबाट यस पटक प्रभुले हात पारेको हो ।

बैंकका अध्यक्ष लीलाप्रकाश सिटौला र प्रमुख अधिकृत अशोक शेरचनले बिहीबार लण्डनमा आयोजित एक कार्यक्रममा यो अवार्ड ग्रहण गरेका छन् ।विश्वका डेढ सय मुलुकबाट एक एक वटा बैंकले हरेक वर्ष यो अवार्ड पाउँदै आएका छन् ।

उत्कृष्ट वित्तीय सेवा प्रदान गर्ने बैंकलाई यो अवार्ड दिइँदै आएकोमा यो वर्ष नेपालबाट प्रभु बैंक छनोट भएको फाइनान्सियल टाइम्स अफ लण्डनले जनाएको छ ।

यसअघि २०२२ मा नेपालबाट हालको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले यो अवार्ड पाएको थियो । विभिन्न मुलुकबाट फाइनान्सियल टाइम्सले हरेक वर्ष एक एक वटा बैंकलाई यो अवार्ड प्रदान गर्दछ ।

520
Shares

ट्रेन्डिङ