सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • लैङ्गिक हिंसाका घटनामा दलित महिला बढी पीडित

लैङ्गिक हिंसाका घटनामा दलित महिला बढी पीडित

635
Shares
लैङ्गिक हिंसाका घटनामा दलित महिला बढी पीडित

काठमाडौँ एक अध्ययनले जातीय भेदभाव तथा छुवाछूत र लैङ्गिक हिंसाका घटनामा सबैभन्दा बढी दलित महिला परेको देखाएको छ ।

शुक्रबार सार्वजनिक भएको दलित महिला सङ्घको अध्ययन प्रतिवेदनले सो तथ्याङ्क देखाएको हो ।  राष्ट्रिय दलित आयोग अध्यक्ष देवराज विश्वकर्माकोे अनुसार आयोगमा एक वर्षमा जातीय विभेदका ५५ वटा घटना दर्ता भएका छन्, यो सङ्ख्या कम हो । घटनालाई जातीय र दलीय हिसाबले नै ढाकछोप गरिएको छ । दलितमैत्री प्रहरी प्रशासनको आवश्यकता छ ।

प्रतिवेदन सार्वजनिक कार्यक्रममा विभेद र हिंसाका घटनामा द्रुत मार्ग बाट न्यायिक प्रक्रिया अघि बढाउन माग गरिएको छ ।

अध्ययनअनुसार २०७९/०८० मा लैगिंक हिंसासम्बन्धीका दुई हजार ५३५ घटनामा १२.३८ प्रतिशत दलित महिलामाथि भएका छन् । यो अन्य जातजातिका महिलाको भन्दा दोब्बरले धेरै भएको सङ्घले जनाएको छ । 

635
Shares

ट्रेन्डिङ