सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • ५ लाख १४ हजार नगद सहित १४ जना जुवाडे पक्राउ

५ लाख १४ हजार नगद सहित १४ जना जुवाडे पक्राउ

830
Shares
५ लाख १४ हजार नगद सहित १४ जना जुवाडे पक्राउ

काठमाडौं | जुवातास खेल्दाखोल्दै काठमाडौँ र ललितपुरबाट १४ जना पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयकाअनुसार ललितपुर महानगरपालिका-३ झम्सिखेलस्थित सुस्मा नेपालको मुगल होटेलमा कौडा खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् ।

सोही महानगरपालिका-२४ धापाखेल बस्ने महांकाल गाउँपालिका-४ घर भएका ३४ वर्षीय रमेश तिमल्सिना समेत ११ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर जावलाखेलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ९९ हजार ५ सय रूपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको जनाइएको छ ।

यसैगरी काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङगास्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-२ बस्ने ३९ वर्षीय संजिब बस्नेत सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १५ हजार रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

830
Shares

ट्रेन्डिङ