सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • काभ्रेमा आज केपी ओली आउदै , धुलिखेल–खावा सडकमा रातारात मर्मत

काभ्रेमा आज केपी ओली आउदै , धुलिखेल–खावा सडकमा रातारात मर्मत

980
Shares
काभ्रेमा आज केपी ओली आउदै , धुलिखेल–खावा सडकमा रातारात मर्मत

काभ्रेपलान्चोक जिल्लाको अरनिको राजमार्ग अन्तर्गत धुलिखेल खावा सडक खण्ड जहाँ दैनिक हजारौं यात्रु ओहोरदोहोर गरिने सडक, खाल्डाखुल्डी,हिलो, का कारण कठिन यात्रा गर्न वाध्य छन् यात्रु र स्थानीय । अहिले सडक निर्माणको काम अलपत्र छ । समयाअवधि भित्र काम सम्पन्न नहुने निश्चित छ ।

यसैबिचमा एमालेमा संकल्प यात्रालाई लक्षित गर्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलि काभे्र आउने भएपछि धुलिखेल खावा सडकमा रातारात मर्मतको काम भईरहेको छ ।

एमाले संकल्प यात्रामा पुर्व प्रधानमन्त्री तथा नेपपा एमो अध्यक्ष केपी शर्मा ओलि काभे्रको मण्डन देउपुर आउने भएपछि मात्र सडक मर्मतको काम भएको भन्दै चौतर्फी आलोचना भएका छन् ।

यता राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रेपलाञ्चोक जिल्ला संयोजक प्रबिन कुमार ढकालले सामाजिक सञ्जाल मार्फत खुल्ला ध्यानाकर्षण गर्दै २४ गतेपछि रातारात काम हुन्छ कि हुँदैन ? भनेर प्रश्न गर्नुभएको छ । विगत साढे १ वर्षदेखि धुलिखेल–खावा सडक विस्तारको काम भैरहेको छ । तर निर्माण कम्पनीको चरम लापर्बाहीका कारण तोकिएको समयमा काम सम्पन्न नहुने निश्चित छ । अहिले सडक विस्तारको काम लगभग अलपत्र जस्तै छ । एमालेको संकल्प यात्रामा पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केपी ओली काभ्रे आउने भएपछि रातारात सडकको खाल्डो पुरिएको भन्दै रास्वपाले आपत्ति जनाएको हो ।

‘दैनिक सयौँ सवारी साधन र हजारौँ यात्रु ओहोरदोहोर गर्ने अरनिको राजमार्गको काम सम्पन्न गर्न बेवास्ता गर्ने तर कुनै नेता आउने भनेपछि मात्रै खाल्डो पुर्न थाल्नु राम्रो पक्ष होइन । केपी बाको यात्रालाई मात्रै सहज गराउन खोज्नु दुर्भाग्यपूर्ण हो ।’ ढकालको ध्यानाकर्षणमा भनिएको ‘बाहरु चै नागरिक अनि दैनिक जोखिमपूर्ण यात्रा गर्ने बृद्ध बा आमा, सुत्केरी, बालबालिका सम्पूर्ण यात्रु चै मानिस होइनन ? नागरिकहरु होइनन् ? यो नागरिक प्रतिको गम्भीर विभेद हो, यो गतिविधि काभ्रेपलान्चोक जिल्लाका प्रशासन प्रमुख र जिल्ला समन्वय समिति र सरोकार निकायलाई लज्जित बनाएको छ ।

केपी बालाई जिल्लामा हार्दिक स्वागत छ । बाटोको सुधार स्वागतयोग्य छ । तर सयौं यात्रु दैनिक लडदैपडदै जोखिमपूर्ण यात्रा गरिरहँदा चै,यही सामान्य सुधार पनि किन पहिला हुन सकेन भन्ने जिम्मेवार पक्षलाई आमनागरिकको गम्भीर प्रश्न छ ? अब निर्माण सम्पन्न गरिने काम २४ गते पछी राता रात वा कसरी अगाडि बढ्छ आमनागरिकको गम्भीर ध्यानाकर्षण रहेको छ ।’

980
Shares

ट्रेन्डिङ