सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु, १ जना गम्भीर घाइते

मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु, १ जना गम्भीर घाइते

720
Shares
मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु, १ जना गम्भीर घाइते

धनुषा | धनुषामा तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा दुईजना युवकको मृत्यु भएको छ।

शुक्रबार बिहान ३ बजे जनकपुरधामबाट ढल्केवर तर्फ जाँदै गरेको प्रदेश २–०२–००२ प ४०९२ नम्बरको मोरसाईकल लक्ष्मीनिया गाउँपालिका-४ स्थित सपहीमा भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा कमला नगरपालिका-८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका-१ का ३० वर्षीय जयकुमार सहनी रहेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार मोटरसाइकल अनियन्त्रित भएर पुलभन्दा ५० मिटर उत्तरतर्फ दुर्घटना भएको हो।

मोटरसाइकलमा तीनजना सवार थिए। प्रारम्भिक अनुसन्धानमा तीव्र गतिका कारण दुर्घटना भएको अनुमान गरिएको प्रहरीले जनाएको छ।

मोटरसाइकलमा सवार जनकपुरधाम उपमहानगरपालिका-१२ का सत्रुधन सहनी गम्भीर घाइते छन्। उनको धनुषामा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं पठाइएको डिएसपी अवाले बताए।

दुर्घटनाबारे थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ।

720
Shares

ट्रेन्डिङ