सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • पनौतीका कृष्णको कुवेतमा मृत्यु

पनौतीका कृष्णको कुवेतमा मृत्यु

935
Shares
पनौतीका कृष्णको कुवेतमा मृत्यु

काभ्रे । पनौती नगरपालिका- २, गुर्दुमका कृष्ण तामाङको  कुवेतमा मृत्यु भएको छ। 

राति खाना खाएर सुतेका तामाङ भोलिपल्ट मृत अवस्थामा भेटिएका हुन् । रोजगारीको सिलसिलामा तीन महिनाअघि कुवेत गएका तामाङको यही पुस १ गते राति सुतेकै अवस्थामा मृत्यु भएको हो। डीएचआर नेपाल नामक म्यानपावर कम्पनीबाट कुवेत गएका तामाङले फर्स्ट ग्रुप जनरल ट्रेडिङ कन्स्ट्रक्टिङ कम्पनीमा काम गर्ने  गरेका थिए ।

तामाङको आर्थिक अवस्था निकै कम्जोर छ । आर्थिक अवस्था कम्जोर भएकै कारण शव नेपाल ल्याउन नसकिएको पारिवारिक श्रोतले जनाएको छ ।

पनौती नगरपालिका- २ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीले  खर्च गरेर शव ल्याउन सक्ने अवस्था  नभएकाले शव ल्याउनका लागि पहल गरिदिन विभिन्न निकायलाई अनुरोध गरिएको बताएका छन् । शव ल्याउन तथा उनले पाउनु पर्ने इन्स्युरेन्स लगायतका सुविधा दिलाउने पहलका लागि वैदेशिक रोजगार उद्धार संघलाई समेत अनुरोध गरिएको उनले जानकारी दिएएका छन् ।

935
Shares

ट्रेन्डिङ