सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • सुगर मिलमा मृत अवस्थामा अशोक

सुगर मिलमा मृत अवस्थामा अशोक

495
Shares
सुगर मिलमा मृत अवस्थामा अशोक

सिरहा । सिरहाको हिमालय सुगर मिलमा एक युवक मृत अवस्थामा फेला परेका छन् । 

नरहा गाउँपालिका २ स्थित पानवारीमा रहेको हिमालय सुगर मिलमा उखु लोडगरी आएका करिब २५ वर्षीय अशोक दासको शव मंगलबार हिमालय सुगर मिल भित्र फेला परेको हो ।

बस्तीपुरबाट सोमबार करिव ४ वजेको समयमा ट्याक्टरमा उखु लिएर हिमालय सुगर मिलमा भित्र काँटा गर्न छिरेको थिए।आफ्नो समय नआएकोले ट्याक्टर मालिक र चालक राति सुगरमिलसँगै रहेको होटलमा गएर खाएर पुनः मिलमै गएर सुतेको ट्याक्टर साहु राजेश दासले जनाएका छन् ।

परिवारलाई हिमालय सुगर मिलका सञ्चालकले २ लाख र मिलमा कार्यरत कर्मचारीको एक दिनको तलब करिब १ लाख गरी ३ लाख रुपैया आर्थिक सहयोग गरेको उखु महाप्रवन्धक अवध किशोर यादवले बताएका छन् ।

495
Shares

ट्रेन्डिङ