सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • सासू-बुहारी जंगलमा  मृत फेला

सासू-बुहारी जंगलमा  मृत फेला

790
Shares
सासू-बुहारी जंगलमा  मृत फेला

चितवन ।  नवलपुर को विनयीत्रिवेणी गाउँपालिका वडा नं. १ को खहरे जंगलमा सासु-बुहारी मृत अवस्थामा भेटिएका छन् ।

उनीहरु आइतबार दिउँसो घाँस काट्न भनेर जंगलमा गएका थिए । स्थानीय २८ वर्षीया विष्णु पौडेल र उनकी सासू ६० वर्षीया मनादेवी पौडेल मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलका अनुसार अबेरसम्म पनि उनीहरु घर नफर्किएपछि प्रहरीको सहयोगमा खोजी सुरु गरिएको थियो । खोज्ने क्रममा गएराति १० बजेतिर जंगलमा दुवै जना मृत फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरुको शवलाई मध्यविन्दु अस्पतालमा राखिएको छ ।

790
Shares

ट्रेन्डिङ