सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • कुकुर भुकेको निहुँमा महिलाको हत्या

कुकुर भुकेको निहुँमा महिलाको हत्या

665
Shares
कुकुर भुकेको निहुँमा महिलाको हत्या

भारत | कहिलेकाही सानो कुराको निहुँमा मानिसले ठूलै लफडा गर्छ र रिसको झोकमा गम्भीर अपराध गर्नपुग्छ । छिमेकी मुलुक भारतको मध्यप्रदेशस्थित इन्दोर सहरमा हालै एउटा यस्तै अनौठो घटना भएको छ ।

एकजना ३५ वर्षीय युवकले कुकुर भुकेर आफ्नो बाटो नै छेकेर तर्साएको भन्दै कुकुर धनी वृद्धाको हत्या गरेका छन् । सो घटना गत शनिवार राति भएको हो । आफू पसल बन्द गरेर घरतर्फ जाँदै गरेको बेलामा ती महिलाले घरमा पालेको कुकुरले आफुलाई भुकेर तर्साएको भन्दै युवकले झगडा सुरु गरेका थिए ।

रातको साढे १० बजेतिर उनी सामुदायिक हल नजिकै पुगेपछि उनलाई देखेर कुकुर निरन्तर भुक्न थाल्यो जसका कारण उनी बाटो काट्न पनि सकेनन् । त्यसपछि उनी चिच्याउन थाले । उनी चिच्याएको देखेर उक्त कुकुर धनी ६५ वर्षीया महिला घर बाहिर निस्किइन् ।

त्यसपछि ती युवक र वृद्धाबीच कुकुर भुकेको विषयमा झगडा सुरु भयो ।

665
Shares

ट्रेन्डिङ