सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • आज २०८० साल पुस ११ गते बुधबारको राशिफल हेर्नुहोस्

आज २०८० साल पुस ११ गते बुधबारको राशिफल हेर्नुहोस्

935
Shares
आज २०८० साल पुस ११ गते बुधबारको राशिफल हेर्नुहोस्

मेष : दिन सामान्य छ। राम्रो बोले पनि साथीहरुले अर्को अर्थ लगाउने छन्। साथी चिनेर अगाडि बढ्नु राम्रो हुन्छ। परिवारमा झगडा पर्ने खतरा देखिन्छ।

वृष : आर्थिक क्षेत्रमा सोचेको भन्दा राम्रो प्रतिफल प्राप्त हुनेछ। धर्मभन्दा कर्मलाई प्राथमिकता दिनु फाइदा जनक देखिन्छ। पारिवारिक सम्बन्ध सुमधुर हुनेछ। धेरै बोल्नुभन्दा सोचेर काम गर्नु राम्रो हुन्छ।

मिथुन : चन्द्रमा अनुकुल छन्। यसले गर्दा धन अचानक प्राप्त हुनसक्छ। साथीलाई विश्वास गर्नु भन्दा आफ्नो काम आफ्नै विवेकले गर्नु राम्रो हुन्छ। पारिवारिक सम्बन्धमा राम्रो सहयोग मिल्नेछ। प्रेममा सफल मिल्नेछ।

कर्कट : दिन सामान्य छ। आर्थिक र सामाजिक क्षेत्रमा विवाद हुनसक्छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। वैदेशिक लगानीमा ठग सक्रिय हुनसक्छन्। परिवारको साथ राम्रो हुनेछ।

सिंह : दैनिकी राम्रो छ। विदेश जाने योग रहेको छ। यसले फाइदा हुनेछ। हरेक क्षेत्रमा आफूले नेतृत्व गर्नु राम्रो हुन्छ। परिवारको सहयोग नमिल्ने देखिन्छ। प्रेममा धोका हुनसक्छ।

कन्या : दिन राम्रो छ। तपाईंले गरेको कामको प्रशंसा हुनेछ। साथीभाइको सहयोग रहन्छ। शिक्षा र स्वास्थ्यका क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा विवाद हुने योग छ।

तुला : दिन राम्रो छ। हरेक क्षेत्र सबल छन्। दुवै हातमा लड्डु प्राप्त हुँदैन। आर्थिक पक्ष सबल भए पनि परिवारको साथ नमिल्न सक्छ। बोलेर भन्दा सोचेर काम गर्नु राम्रो हुन्छ।

वृश्चिक : आजको दिन सामान्य छ। स्वास्थ्यमा समस्या देखिन सक्छन्। आज बिहान उठेर सूर्यको दर्शन गर्नु राम्रो हुन्छ। प्रेम र परिवार सुख प्राप्त हुनेछ।

धनु : दिन राम्रो छ। आफ्नो क्षेत्रमा प्रभावकारी प्रस्तुति आवश्यक देखिन्छ। वैदेशिक लगानीमा फाइदा मिल्नेछ। परिवारको साथ मिल्नेछ।

मकर : समय मिश्रित छ। मित्रले सहयोग गर्ने योग रहेको छ। प्रत्येक पाइलामा अवरोध आए पनि परिवार र राज्यको सहयोग मिल्नेछ। प्रेममा उत्साह प्राप्त हुनसक्छ।

कुम्भ : शनिदेवको छाया योग रहेको छ। जन्मकुण्डलीमा शनि सकारात्मक रहे उन्नति प्रगति हुन्छ। पारिवारका सदस्य रिसाएकाले बुझेर काम गर्नु राम्रो हुन्छ।

मीन : आर्थिक र सामाजिक क्षेत्र सबल रहे पनि खुट्टा तान्नेहरुले असफल बनाउन सक्छन्। वैदेशिक लगानीमा फाइदा हुनेछ। कुनै जागिर गर्नुहुन्छ भने बढुवा हुने देखिन्छ। परिवारको साथ मिल्नेछ।

935
Shares

ट्रेन्डिङ