सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • काभ्रेमा कर्मचारीहरु बस्ने निवासमा आगोलागि

काभ्रेमा कर्मचारीहरु बस्ने निवासमा आगोलागि

1295
Shares
काभ्रेमा कर्मचारीहरु बस्ने निवासमा आगोलागि

काभ्रे । चौरीदेउराली गाउँपालिकाको कर्मचारीहरु बस्ने निवासमा आगलागी भएको छ ।

जिल्लाको चौरिदेउरालि गाँउपालिकाको वडा नम्बर ५ धुसेनिमा गाउँपालिकाको कर्मचारीहरु बस्ने निवासमा आज (बुधबार) दिउँसो आगोलागि भएको हो ।

प्रहरी चौकी ढाडखर्क बाट खटि गएको प्रहरी , कर्मचारी, र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको छ । ।

मानविय, चौपाय क्षति भएको छैन तर २ वटा कोठा आंशिक रुपमा क्षति भएको छ । थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी काभ्रेले जनाएको छ ।

1295
Shares

ट्रेन्डिङ