सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • इजरायलद्वारा आफ्ना नागरिकलाई दिल्लीमा भ्रमण नगर्न सुझाव

इजरायलद्वारा आफ्ना नागरिकलाई दिल्लीमा भ्रमण नगर्न सुझाव

535
Shares
इजरायलद्वारा आफ्ना नागरिकलाई दिल्लीमा भ्रमण नगर्न सुझाव

 काठमाडौं । भारतको राजधानी नयाँदिल्लीस्थित इजरायली दूतावास नजिक विष्फोट भएपछि इजरायलले ट्राभल एडभाइजरी जारी गरेको छ ।

इजरायलको राष्ट्रिय सुरक्षा परिषद्ले भारतमा विशेषगरी नयाँदिल्लीमा आफ्ना नागरिकलाई भिडभाड हुने स्थानमा नजान सुझाव दिएको छ । उक्त विष्फोट ‘आतंकवादी हमला’ हुन सक्ने आशंका गर्दै भारतमा रहेका आफ्ना नागरिकहरुका लागि ट्राभल एडभाइजरी जारी गरेको हो ।

गएराति दिल्लीको चाणक्यपुरीस्थित इजरायली दूतावास नजिक विष्फोट भएको थियो ।  विस्फोटपछि दूतावास नजिकै इजरायली राजदूतलाई सम्बोधन गरिएको पत्रसमेत भेटिएको थियो । 

इजरायली राष्ट्रिय सुरक्षा परिषदले ट्राभल एडभाइजरी जारी गर्दै आफ्ना नागरिकहरुलाई रेष्टुरेन्ट, होटल, पब, सपिङ मल लगायतका स्थानमा जाँदा सतर्क रहन भनेको छ । साथै सार्वजनिक स्थानहरुमा आफू इजरायली नागरिक भएको पहिचान नखुलाउन र सामाजिक सन्जालहरुमा आफ्नो यात्राबारे उल्लेख नगर्न पनि भनिएको छ ।

535
Shares

ट्रेन्डिङ