सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • नाल्दुम नगरकोट जेसिज र जुनियर जेसिजको साधारण सभा सम्पन्न ,२०२४ का लागि अध्यक्षमा दिपा र बिश्व

नाल्दुम नगरकोट जेसिज र जुनियर जेसिजको साधारण सभा सम्पन्न ,२०२४ का लागि अध्यक्षमा दिपा र बिश्व

2225
Shares
नाल्दुम नगरकोट जेसिज र जुनियर जेसिजको साधारण सभा सम्पन्न ,२०२४ का लागि अध्यक्षमा दिपा र बिश्व

काभ्रे । नाल्दुम नगरकोट जेसिजले आफ्नो १० औ साधारण सभा सम्पन्न गरेको छ। नाल्दुम नगरकोट जेसिजका बर्ष २०२३का अध्यक्ष धनपति दाहालको सभापतित्वमा साधारण सभा सम्पान्न भएको हो ।

गत ११ गते बनेपाको गौतम भिलेज रिसोट आयोजित साधारण सभाले वर्ष २०२४ का लागि नया नाल्दुम नगरकोट जेसिज र नाल्दुम नगरकोट जुनियर जेसिजको नया कार्यसमिति सर्वसम्बत रुपमा चयन गरेको हो ।

काभ्रे जेसिजका पुर्व अध्यक्ष समत रहेका सिनेटर बसन्त नारायण भोछीभोयाको प्रमुख आतिथ्यतामा , काभ्रे लेडिज जेसिस र काभ्रे जेसिजका पुर्व अध्यक्षहरु शाखाकै पुर्व अध्यक्षहरु र नाल्दुम नगरकोट जेसिजका वर्ष २०२२ का अध्यक्ष एवं वर्ष २०२३ का राष्ट्रिय उपाध्यक्ष तथा २०२४ का लागि भर्खरै निर्वाचित राष्ट्रिय कार्यकारी उपाध्यक्ष जेसी राजाराम गौतम र शाखाका पुर्व अध्यक्ष हरुको समेत उपस्थितिमा नाल्दुल नगरकोट र नाल्दुम नगरकोट जुनियर जेसिजले संयुक्त रुपमा आफ्नो साधारण सभा सम्पन्न गरेको हो।

साधारण सभा बाट वर्ष २०२४ का लागि अध्यक्षको रुपमा जेसी दिपा लामालाई चयन गरेको हो। संगै कार्यकारी उपाध्यक्ष जेसी उज्वल प्रधान , जेसी विशाल ढकाल साथै महासचिबमा जेसी शुभराज तिमल्सिना , सह सचिबमा जेसी पुजन धिताल तथा कानुनि सल्लाहाकारमा जेसी देवेन्द्र धिमिरे र कोष अध्यक्षमा जेसी सरोज हुमागाई त्यस्तै उपाध्यक्षमा जेसी छाया दुङ्गगेल ,जेसी प्रसंशा कार्की , जेसी साकार न्यौपाने , जेसी विज्ञान बडाल सर्वसम्मत रुपमा चयन भएका हुन्।

त्यस्तै नाल्दिम नगरकोट जुनियर जेसिजको वर्ष २०२४ का लागि जेसी विश्व किरण सापकोटालाई साधारण सभाले सर्वसम्मत रुपमा चयन गरेको छ। सगै सोहि बोर्डमा कार्यकारी उपाध्यक्षमा जेसी रविन्द्र कोईराला ,जेसी सफलता कार्की तथा महासचिबमा प्रयास सापकोटा, सह-सचिबमा विजया पौडेल र कानुनि सल्लाहाकारमा जेसी अभिषेक ढकाल तथा कोषा अध्यक्षमा जेसी उपासना कटेल तथा त्यस्तै उपाध्यक्षमा जेसी सुधिना जोशी , जेसी स्वस्तिका अधिकारी , जेसी आयुष कार्की , जेसी अविरल ढकाल त्यस्तै फण्ड राईजिङ्ग चियरमेनमा जेसी गौरब शर्मा र टेनिंङ्ग कोडीनेटरमा जेसी सरोज तिमल्सिनालाई साधारण सभाले निर्विरोध निर्वाचित गरेको हो।

सोही सभालाई सम्बोधन गर्दै साधारण सभाका प्रमुख अतिथि सम्म रहेका सिनेटर वसन्त नारयण भोछिभोयाले जेसिस यात्राले मानिसमा नेतृत्व गर्ने शक्तिमा निखारता ल्याउने हुनाले जेसिसमा लाग्ने युबा हरुले जेसिस यात्रा निरन्तरता दिन आग्रह गर्दै नब निर्मित बोर्डलाई सफल कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो ।

सङै सोही शाखाका पुर्व अध्यक्ष समेत रहेका २०२३ का लागि नेपाल जेसिसका राष्ट्रिय उपाध्यक्ष समेत रहेको र २०२४ का लागी राष्ट्रिय कार्यकारी उपाध्यक्ष समेत रहेका जेसि राजाराम गौतमले सभालाई सम्बोधन गर्दै जेसीस यात्रामा नाल्दुल्ल्म नगरकोट जेसिजको नाम पनि सदैब सम्झने गरि आफुले गार्य गर्दै गएकाले आगामी अध्यक्ष बाट र सिङ्गो बोर्डबाट पनि सदैब सकारात्मक भइ कार्य गरी समुदायमै जेसिस चिनाउने गरी कार्य गर्न अपिल गर्नु भएको थियो ।

सङै आफुले आज नेपाल जेसिसमा पाएको स्थान यही ठाउमा रहेको सतकर्मको फल रहेको भन्दै सबैलाई जेसिज जीवन सफल बनाउन सदैब लाग्नु हुन अनुरोध गर्दै नब निर्मित बोर्डलाई कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

साधारण सभालाई सम्पन्न गर्न शाखाका पुर्व अध्यक्ष तथा शाखाकै पुर्व अध्यक्ष समेत रहेकी जेसि आशा देवन श्रेष्ठ र नाल्दिम नगरकोट जुनियर जेसिका सस्थापक अध्यक्ष मनिश ढकालले साधारण सभा र निर्वाचनका सम्पुर्ण कार्यक्रम तथा साधारण सभा विधीलाई परिपालन गर्नु भएको थियो ।

2225
Shares

ट्रेन्डिङ