सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • मन्त्री नगएको भए बालकुमारी घटना हुने थिएन

मन्त्री नगएको भए बालकुमारी घटना हुने थिएन

785
Shares
मन्त्री नगएको भए बालकुमारी घटना हुने थिएन

काठमाडौं | बालकुमारीमा प्रदर्शन भइरहेका बेला नै मन्त्रीको सवारी हुँदा स्थिति असामान्य भएको प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले बताएका छन्।

सोमबार राज्यव्यवस्था तथा सुशासन समितिको सिंहदरबारस्थित संसद् सचिवालय भएको छलफलमा गत पुस १३ गते बालकुमारीमा भएको घटनाबारे जानकारी दिँदै उनले प्रदर्शनकारी माथि १२४ सेल अश्रुग्यास, रबर बुलेट र हवाइ फायर गरिएको बताए।

महानिरीक्षक कुँवरले भने, ‘मन्त्रीज्यू हिँड्दाखेरि पीएसओले जानकारी लिएर रुट क्लियर छ कि छैन भन्ने कुराको समन्वय भएन। भिडमा आएर गाडी रोकिएपछि मन्त्रीसँग सामान्य विवाद भयो।’

प्रहरी र पीएसओबीच सञ्चार समन्वय नभएकाले घटना भएको र धैर्यता गुमाएको अवस्था देखिएको कुँवरले बताए। गोली कतिबेला चल्यो भन्ने र कतिबेला कति जना घाइते भए भन्ने यकिन हुन नसकेको कुँवरको भनाइ छ।

महानिरीक्षक कुँवरले प्रहरीसँग साधनस्रोतको कमी रहेको र त्यसको व्यवस्थापन हुनुपर्नेमा जोड दिए। सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले उक्त घटनामा पहिला अदालतको आदेश के थियो? ईपीएस कार्यालयको कदम के थिए भन्ने कुरा पनि हेर्नुपर्ने बताए।

गत शुक्रबार बालकुमारीमा प्रदर्शनका क्रममा सुरक्षाकर्मीले बल प्रयोग गर्दा २ जना युवाको मृत्यु भएको थियो।

785
Shares

ट्रेन्डिङ