सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु

मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु

800
Shares
मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु

हेटौँडा । मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ

हेटौँडा उपमहानगरपालिका ११ थानाभर्‍याङमा मोटरसाइकलको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको हो । थानाभर्‍याङमा हेटौँडातर्फबाट नवलपुरतर्फ जाँदै गरेको ना.४३ प २२२ नं.को मोटरसाइकलको ठक्करबाट बागमती प्रदेश प्रहरी गण, हेटौँडामा कार्यरत प्रहरी जवान विनोद एडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

डडेलधुरा जिल्ला आलिताल गाउँपालिका ६ घर भएका वर्ष २५ का एडीलाई बुधवार बिहान दोडिँदै गरेको अवस्थामा ठक्कर दिँदा घाइते भई उपचारको लागि  हेटौँडा अस्पताल पठाएकोमा चिकित्सकले बिहान ७ः३० बजे मृत घोषणा गरेका थिए ।

घटनापश्चात् मोटरसाइकलसमेत अनियन्त्रित भई पल्टँदा मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका ४ हुप्राचौर बस्ने वर्ष ४१ को लक्ष्मण लामाको टाउको र हातमा चोट लागी हेटौँडा अस्पतालमा उपचारका लागि ल्याइएकोका थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन पठाइएको छ ।

800
Shares

ट्रेन्डिङ