सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • सभापति र महामन्त्री दुई ध्रुवमा बाँडिएर पार्टी चल्दैन , हामी जातीय लडाइमा फस्दैछौं : शेखर कोइराला

सभापति र महामन्त्री दुई ध्रुवमा बाँडिएर पार्टी चल्दैन , हामी जातीय लडाइमा फस्दैछौं : शेखर कोइराला

1300
Shares
सभापति र महामन्त्री दुई ध्रुवमा बाँडिएर पार्टी चल्दैन , हामी जातीय लडाइमा फस्दैछौं : शेखर कोइराला

काभ्रे । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति र दुई महामन्त्री दुई ध्रुवमा बाँडिएर पार्टी नचल्ने बताएका छन् । धुलिखेलमा  बिपी जयन्तीका अवसरमा आयोजित युवाहरूको विशेष विचार सम्मेलनलाई सम्बोधन गर्दै पार्टी सभापतिय प्रणाली हो भने भन्ने आग्रह गरेका छन् ।

काभ्रेको धुलिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले अहिले कांग्रेसका सभापति र दुई जना महामन्त्री दुई ध्रुवमा बाँडिनुभएको छ । उहाँहरू नै दुई ध्रुवमा बाँडिएपछि पार्टी चल्छ कसरी ? हामीले यो सोचेका छौँ कहिले ? सभापतिय प्रणाली हो भने हामी त्यही हिसाबले हिँड्नुपर्‍यो । होइन भने अरू कुनै उपाय सोच्नुपर्छ । पार्टी सञ्चालन गर्न त्यो जरुरी छ । बिपीका पालामा प्रेसिडेन्सियल सिस्टम थियो, चलिराखेकै थियो । अहिले बहु पदीय छ, म बहु पदीयलाई खराब भन्दिनँ । तर यसले पनि हामीलाई बिगारिराखेको छ ।’

सँगै कांग्रेस र सरकारको कुरालाई पारदर्शी बनाएर अघि बढ्नुपर्ने बताए । यस्तै, उनले अहिले जातीय लडाइमा फस्दै गइरहेको टिप्पणी समेत गरेका छन् । सम्बोधनकै क्रममा यहाँ अहिले धर्मको नाममा विवाद चलिरहेको छ । मन्दिरको अगाडि चर्च बनाइदिने, गोरु काटेर खाए त ठिकै छ खान्छन् तर त्यो फेसबुकमा हालेर जथाभाबी । त्यसले धार्मिक युद्ध जस्तो देखिन्छ तर, हामी जातीय लडाइँमा फस्दै गइरहेका छौँ ।’ त्यो संगै अहिले मुलुकमा सुशासन अत्यन्तै कमजोर भएको पनि वताए।

उनले आज विपी जयन्तीका अवसर आयोजित भएको कार्यक्रममा भएकाले उनले विपी संगको सम्बन्ध र पाटि वि पीको विचार अनुरुप नच्चालेको र सोहि अनुरुप चल्नुको विकल्प नरहेको र सो अनुरुप चलन नसके र जनतासँग प्रतक्षसम्पर्कमा रहने भएकाले नै हामि काग्रेस भएका हौ र आगामी दिनमा युथ सर्कलले पनि सरकार र विपीको कार्यलाई समेत मार्ग निर्देशन गर्न जरुरि रहेको बताए।

1300
Shares

ट्रेन्डिङ