सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • मलेसिया गएका विनोद १६ वर्षदेखि सम्पर्कविहीन

मलेसिया गएका विनोद १६ वर्षदेखि सम्पर्कविहीन

495
Shares
मलेसिया गएका विनोद १६ वर्षदेखि सम्पर्कविहीन

झापा | वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया जानुभएका झापा अर्जुनधारा–११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन हुनुुहुन्छ । उहाँ २०६० सालमा २२ वर्षकाे हुँदा घरको आर्थिक अवस्था कमजोर भएका कारण मलेसिया जानुभएको थियो ।

मलेसिया गएकाे चार वर्षसम्म परिवारकाे सम्पर्कमा रहेका बिनाेद त्यसपछि सम्पर्कविहीन भएका उहाँकी ६६ वर्षीया आमा सुकमायाले बताउनु भयाे । ‘२२ वर्षको हुँदा मलेसिया गएको थियो । अहिले ४२ वर्षकाे भयो । कहाँ छ, के गर्दैछ, केही अत्तोपत्तो छैन’ सुकमायाले भन्नुभयो ।

विनोदका दुई भाइ र दुई बहिनी छन् । माइला भाइ भीम घरमा आमा–बुबाको हेरचाह गरेर बस्नुभएको छ भने कान्छा भाइ टेकबहादुर विदेश जाने तयारीमा हुनुहुन्छ । दुईजना बहिनी रुमा र लीलाको विवाह भइसकेको छ । विनोदका ७१ वर्षीय बुबा वीरबहादुर घरमै हुनुहुन्छ ।

‘१६ वर्षअघि म बिरामी परेका बेला एकपटक कस्तो छ बुबा भनेर सोधेको थियो, त्यसपछि खबर छैन’, उहाँले भन्नुभयो । सुकमायाले ९० हजार रुपैयाँ ऋण काढेर विनोदलाई आफ्नै भाइ नरबहादुर र स्थानीयवासी विकास सुब्बा (डोले) मार्फत काठमाण्डाैको मेनपावरबाट मलेसिया पठाएको बताउनुभयो ।

उहाँले मलेसिया गएपछि विनोदले ९० हजार ऋण तिर्ने पैसा र आमाबुबाको उपचारका लागि थप २० हजार पठाएको बताउनुभयो । आमा सुकमाया र बुबा वीरबहादुरले छोरा जहाँ, जस्तो अवस्थामा भए पनि खोजी गरिदिन सबैलाई आग्रह गर्नुभएको छ ।

495
Shares

ट्रेन्डिङ