सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • डुंगामा लैजाँदै गरेको १६४ किलो गाँजा बरामद

डुंगामा लैजाँदै गरेको १६४ किलो गाँजा बरामद

320
Shares
डुंगामा लैजाँदै गरेको १६४ किलो गाँजा बरामद

काठमाडौं । सप्तकोशी नदीबाट डुंगामा लैजाँदै गरेको १६४ किलो गाँजा बरामद भएको छ ।

मंगलबार राति साढे एक बजे सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थित सप्तोकोसी नदीबाट उक्त गाँजा बरामद गरिएको हो ।

५/६ जनाको समूहले डुंगाबाट गाँजा निकाल्दै गरेको अवस्थामा गाँजा बरामद गरिएको सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । नियन्त्रणमा लिएको गाँजा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको थापाले बताए ।

गाँजा तस्करीमा संलग्न व्यक्तिहरू भने भागेको सशस्त्रले जनाएको छ ।

320
Shares

ट्रेन्डिङ