सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • खुकुरी प्रहार प्रयास गर्नेविरुद्ध अभद्र व्यवहारको मुद्दा

खुकुरी प्रहार प्रयास गर्नेविरुद्ध अभद्र व्यवहारको मुद्दा

645
Shares
खुकुरी प्रहार प्रयास गर्नेविरुद्ध अभद्र व्यवहारको मुद्दा

जकपुरधाम | सिराहामा मिटरब्याज पीडितमाथि दुर्व्यवहारसँगै खुकरी प्रहारको प्रयास गर्नेमाथि प्रहरीले अभद्र व्यबहार मुद्दा दर्ता गरेको छ ।

सिराहाको कल्याणपुर नगरपालिका-८ अरङ टोलका ६५ वर्षीय रामनारायण सिंहमाथि इलाका प्रहरी कार्यालय मिर्चैयाले अभद्र व्यवहारको मुद्दा दर्ता गरेको हो ।

सिंहले गत सोमबार आफ्ना छिमेक मिटरब्याज पीडित संजयकुमार कामतीमाथि दुर्व्यवहारसँगै खुकुरी प्रहारको प्रयास गरेका थिए । पीडित संजयले बुद्धबादर इलाका प्रहरी कार्यालयमा सिंहविरुद्ध दिएको अभद्र व्यबहार जाहेरी दर्ता भएको डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

सो घटनाको भिडियो सामाजिक संजालमा भाइरल भएपछि मंगलबार नै प्रहरीले पक्राउ गरेको थियो । तर, पीडितले उजुरी नदिंदा उनलाई त्यसदिन साँझ जमानतमा छाडिएको थियो । पीडितले जाहेरी दिएपछि बुधबार पुनः उनलाई पक्राउ गरेको डिएसपी बस्नेतले बताए । आज जिल्ला अदालत सिराहामा पक्राउ परेका सिंहमाथि म्याद थप गरिने छ ।

तीन लाख रुपैयाँ ऋण लिँदा कल्याणपुर नगरपालिका वडा नं. ८ मझौराका मिटरब्याजी सुरेश पजियराले संजयको एक विघा एक कट्ठा जग्गा र डेढधुरमा रहेको घरघडेरी अदालतबाट डाकलिलाम गरी हत्याइसकेका छन् । त्यसमध्येका घरघडेरी र १० कठ्ठा जग्गा सिंहले आफू कब्जा गर्न सक्ने भन्दै सुरेशबाट सस्तोमा किनेका छन् ।

एक वर्षदेखि सिंहले पीडित संजयको घर कब्जा गरेपछि उनीसहित उनको परिवार विस्थापित भएका छन् । गत सोमबार त्यस घरमा पस्न खोजेपछि उनीमाथि कुटपिटसँगै खुकुरी प्रहारको प्रयास भएको थियो ।

पीडित संजयले मिटरब्याजी सुरेश पजियारका भाइ दिनेश पजियार र रामनारायणमाथि जिल्ला प्रशासन कार्यालयमा अनुचित लेनदेनसम्बन्धी उजुरी गत वैशाखमै दर्ता गराएका थिए ।

645
Shares

ट्रेन्डिङ