सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • काभ्रेमा १९ वर्षीय युवतीमाथि सामुहिक बलात्कार , विभिन्न जिल्लाका ४ पक्राउ

काभ्रेमा १९ वर्षीय युवतीमाथि सामुहिक बलात्कार , विभिन्न जिल्लाका ४ पक्राउ

1725
Shares
काभ्रेमा १९ वर्षीय युवतीमाथि सामुहिक बलात्कार , विभिन्न जिल्लाका ४ पक्राउ

काभ्रे | काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ७ शिखरपुरको झाडीमा एक युवतीमाथि सामूहिक बलात्कार भएको घटना बाहिरिएको छ । पाँचखालमा भाडामा बस्दै आएकी १९ वर्षीया युवतीलाई सोही स्थानमा डेरा गरी बस्ने युवाहरुले गत पुस २७ गते साँझको समयमा बलात्कार गरेको प्रहरीले पिडित युवतीको उदारपछी बताएको छ ।

युवतीलाई बलात्कार गरेको अभियोगमा चार युवालाई काभ्रे प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बडाएको हो ।

पक्राउ पर्नेहरुमा उदयपुर ताप्ली गाउँपालिका वडा नम्बर ८ घर भई पाँचखाल वडा नम्बर ७ भाडामा बस्दै आएका २८ वर्षीय धिरज हमाल, भोजपुर षडानन्द गाउँपालिका वडा नम्बर ८ घर भई सोही स्थानमा बस्दै आएका घनश्याम श्रेष्ठ, धनकुटा जिल्ला महालक्ष्मी नगरपालिका वडा नम्बर ४ घर भई पाँचखाल ७ बस्ने १९ वर्षका अमर विक र सोही स्थानमा काम गरी बस्ने १७ वर्षीय बालक पनि रहेका छन् ।

चार जनाले जंगलमा लगेर मुख थुनेर संयुक्त रुपमा जबर्जस्ती करणी गरेको पीडित बालिकाको बयान छ। बलात्कार पछि आत्महत्याको प्रयास गरेकी युवतीलाई स्थानीयको सहयोगमा पाँचखाल प्रहरी चौकीले उदार गरेको थियो ।

प्रहरीले उदार गरे पछि उनले आफू बलात्कारमा परेको र पीडा सहन नसकेर आत्महत्याको प्रयास गरेको बताएकी हुन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी भाग्यन्द्र पुरुष ढकालले पक्राउ परेकाहरुलाई ७ दिनको म्याद थप गरि थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

1725
Shares

ट्रेन्डिङ