सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • आजको मौसम : कतै हिमपात, कतै हुस्सु र कुहिरो

आजको मौसम : कतै हिमपात, कतै हुस्सु र कुहिरो

865
Shares
आजको मौसम : कतै हिमपात, कतै हुस्सु र कुहिरो

काठमाडौं,माघ ८ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले जनाएअनुसार हाल पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने देशका बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहने छ । बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा नै रहने महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा राति पनि हल्का हिमपातको सम्भावना रहेको छ ।

865
Shares

ट्रेन्डिङ