सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • आगलागी हुँदा ७० लाखको क्षति

आगलागी हुँदा ७० लाखको क्षति

740
Shares
आगलागी हुँदा ७० लाखको क्षति

सिराहा | सिराहाकाे एक पसलमा आगलागी हुँदा ७० लाखभन्दा बढीको क्षति भएको छ। नरहा गाउँपालिका- २ पानबारी चोकस्थित लक्ष्मी जनरल स्टोरमा सोमबार साँझ आगलागी भएको हो।

आगलागीबाट पसलमा रहेको ७० लाखबराबरको सरसामान जलेर नष्ट हुनुका साथै घर पनि क्षतिग्रस्त भएको छ। आगलागी हुनुको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको सिराहा प्रहरीले जनाएको छ।

रहा– ५ बालुवा चोकका सत्तो यादवले भाडाको घरमा सञ्चालन गरेको पसलमा सोमबार राति करिब ८ बजेतिर आगलागी भएको हो। प्रहरीले स्थानीय र वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो।

740
Shares

ट्रेन्डिङ