सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • रोकिएन नेपालमा क्रिप्टो कारोबार ‘पत्ता लगाउनै कठिन’

रोकिएन नेपालमा क्रिप्टो कारोबार ‘पत्ता लगाउनै कठिन’

550
Shares
रोकिएन नेपालमा क्रिप्टो कारोबार ‘पत्ता लगाउनै कठिन’

क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको आरोपमा राजस्व अनुसन्धान विभागले दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ।

राजस्व अनुसन्धान विभागले विदेशी मुद्राको कारोबारमा प्रयोग गरिएका ब्याङ्क खाताहरूको अनुसन्धान गर्ने क्रममा २७ र ३० वर्षका दुई युवकले क्रिप्टोमा लगानी गरिरहेको थाहा भएको जनाएको छ।

उनीहरूले विगत एक वर्षमा नौ करोड रुपैयाँ बराबरको कारोबार गरेको ब्याङ्क स्टेटमेन्टबाट देखिएको विभागका महानिर्देशक नारायणप्रसाद ढुङ्गानाले बताए। विदेशी मुद्रा विनिमयसम्बन्धी कानुनअनुसार उनीहरूलाई कैद र जरिबाना माग गर्दै विभागले बिहीवार ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। 

कारोबारमा संलग्न भनिएका व्यक्तिले बाइनान्स नामक एप प्रयोग गरेर ‘पीअर टू पीअर’ (P2P) च्यानलबाट क्रिप्टो खरिद र बिक्री गरिरहेको पाइएको विभागको दाबी छ।

के हो क्रिप्टोकरेन्सी ?

‘क्रिप्टोकरेन्सी’ एक भर्चुअल मुद्रा हो । अनलाइनबाट पैसा जस्तै संकेत हुने भर्चुअल पैसा नै क्रिप्टो करेन्सी हो । यसको भौतिक स्वरूप भने देख्न सकिँदैन । हाल क्रिप्टोकरेन्सीको बिटक्वाइन, इथेरेम, टिथर, एक्सआरपी, बिटक्वाइन क्यासलगायतका सैयौँ ‘क्रिप्टोकरेन्सी’हरू प्रचलनमा छन् ।

अमेरिका, क्यानडा तथा यूरोप जस्ता देशमा भने ‘क्रिप्टोकरेन्सी’ लगानी तथा सामान किनबेचसमेत हुने गरेको छ । छिमेकी मुलुक भारतमासमेत ‘क्रिप्टोकरेन्सी’मा लगानी खुला गरिएको छ ।

यो मुद्रा कुनै एक अधिकारको नियन्त्रणमा छैन। रूपैया, डलर, यूरो वा अन्य मुद्राको जस्तै यो मुद्रा कुनै पनि राज्य, देश, संस्था वा सरकार द्वारा संचालित हुँदैन। यो एउटा डिजिटल मुद्रा हो जसको लागि क्रिप्टोग्राफी प्रयोग गरिन्छ। यो सामान्यतया सामानहरू खरीद गर्न वा सेवा खरीद गर्न प्रयोग गर्न सकिन्छ।

550
Shares

ट्रेन्डिङ