सबैको समाचार
सोमवार, बैशाख १७, २०८१

आइजीपीमा सिलवाल पक्का

2835
Shares
आइजीपीमा सिलवाल पक्का

माघ महात्म्य अर्थात स्वस्थानी कथा चालु छ । नवराजलाई हात्तीले राजा चुनेको थियो, राजनीतिका ध्रुवे हात्तीहरुले चार डीआइजीमध्ये कसलाई नेपाल प्रहरीको नवराजा बनाउलान् ? चासो व्यापक भइरहेको छ ।एकै व्याजका चार डीआइजी ः नवराज सिलवाल, प्रकाश अर्याल, जयब.चन्द र बमबहादुर भण्डारी प्रतिस्पर्धामा छन् । एक से एक काविल डीआइजीहरुमध्ये एकजना आइजीपी बन्नेछन् । बन्छन् को ? अनुमानको खेती जारी छ । केही डीआइजी त राजनीतिक ध्रुवे हात्तीहरुलाई खुशी पार्न खान्की र बान्की समेत चढाउन थालेका छन् ।
वर्तमान आइजीपी उपेन्द्रकान्त अर्याल माघ २ गते बिदामा बस्नुपर्ने हो, बसेनन् । एक महिना अघि नै विदा बस्ने प्रचलन तोडेका छन् यिनले । आउँछ भने सोहोर्न किन छाड्ने कसो उपेन्द्रजी ?
यिनले अनिवार्य अवकाश पाउनेछन् फागुन २ गते । एआइजीहरु पनि अवकाशमा जाने भएकाले डीआइजीबाट आइजीमा बढुवा गर्नुपर्ने छ । रोलक्रमको अग्रपंक्तिमा छन् नवराज सिलवाल ।
उनलाई उछिन्न प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारी दौडादौड गरिरहेका छन् । स्रोत भन्छ– नवराज सिलवाललाई काट्न सरकारलाई मुस्किल छ । अरु कोही आइजीपी बनिहाल्यो भने त्यो राजनीतिक हात्तीले स्वस्थानीमा नवराजलाई राजा बनाएजस्तै घटना हुनजानेछ भन्छन् सुरक्षाविदहरु ।
यद्यपि अत्यधिक राजनीतिकरण भइसकेको नेपाल प्रहरीमा हुन चाहिं जे पनि सक्छ है भन्नेहरु पनि छन् ।

2835
Shares

ट्रेन्डिङ