सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • घरको छतबाट खसेर किशोरीको मृत्यु

घरको छतबाट खसेर किशोरीको मृत्यु

595
Shares
घरको छतबाट खसेर किशोरीको मृत्यु

बुटवल | दाङको तुलसीपुरमा घरको छतबाट खसेर किशोरीकोको मृत्यु भएको छ । घरको छतबाट खसेर घाइते भएकी किशोरीको उपचारका लागि बाँकेतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

तुलसीपुर उपमहानगरपालिका– ५ रानी जरुवाकी १८ वर्षीय कमला केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लका अनुसार कमला आफ्नै एक तले घरको छतबाट खसेर शक्त घाइते भएकी थिइन ।

घाइते केसीको उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो ।

तुलसीपुरमा उपचार सम्भव नभएपछि उनलाई बाँकेको कोहलपुर मेडिकल कलेजका लागि रिफर गरिएको हो । तर उनको बाटाेमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी निरीक्षक मल्लले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

595
Shares

ट्रेन्डिङ