सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • आज २०८० साल माघ १७ गते बुधबारको राशिफल हेर्नुहोस्

आज २०८० साल माघ १७ गते बुधबारको राशिफल हेर्नुहोस्

1235
Shares
आज २०८० साल माघ १७ गते बुधबारको राशिफल हेर्नुहोस्

मेष : दिन राम्रो छ। मेहनत गरेको लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ। आफन्तको सहयोग मिल्नेछ। शिक्षा र स्वास्थ्य क्षेत्र सबल छन्। गुमेको धन मिल्ने योग रहेको छ। परिवारमा भने खटपटी हुनसक्छ।

वृष : दिन राम्रो छ। लगानीका क्षेत्र सबल छन्। रोजगारीको क्षेत्रमा फाइदा हुनेछ। गुरुबाट भने सहयोग नहुन सक्छ। आफूभन्दा ठुलालाई सोधेर अगाडि बढ्नु राम्रो हुन्छ। परिवारको साथ रहने छ।

मिथुन : दिन सामान्य छ। आफ्नै बोलीले आफन्त टाढिने छन्। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट ठुलो फाइदा नहुनसक्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो उन्नति हुनेछ। परिवारसँग घुम्ने अवसर मिल्नेछ।

कर्कट : आफन्तका शब्दजाल बुझ्न नसकेमा घाटा हुनसक्छ। शनिदेवको छाया योग रहेकाले पन्छीलाई अन्न प्रदान गर्नु राम्रो हुन्छ। परिवारमा शंका बढ्नेछ। प्रेम सम्बन्धमा खटपटी हुनसक्छ।

सिंह : दिन राम्रो छ। हातमा चन्द्रमा रहेकाले धन कमाउने बाटो खुल्नेछ। साथीको प्रस्तावमा सुन्दर ठाउँमा घुम्ने मौका मिल्नेछ। स्वदेशमै लगानीका क्षेत्र भेटिने छन्।

कन्या : दिन राम्रो छ। प्रतिस्पर्धी परास्त हुनेछन्। काम, क्रोध, लोभ र मोहबाट मुक्त हुनुपर्ने देखिन्छ। राम्रो कामको थालनी गर्ने योग छ। वैदेशिक क्षेत्रको लगानीमा आकर्षण बढ्नेछ। परिवारको साथ मिल्नेछ।

तुला : दिन राम्रो छ। काम गरेका ठाउँमा प्रशंसा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर ढंगले अगाडि बढ्नेछ। शिक्षाको क्षेत्रमा भने अवरोध सिर्जना हुने देखिन्छ।

वृश्चिक : दैनिकी सामान्य छ। रोजगारीको क्षेत्रमा राम्रो सम्भावना छ। आफन्तबाट भने आरोप लाग्नेछ। परिवारमा समेत शंकाको दृष्टिले हेर्ने योग रहेको छ।

धनु : दैनिकी राम्रो छ। बोल्दा ख्याल गर्नुपर्ने छ। मेहनतको प्रशंसा हुनेछ। धार्मिक क्षेत्रमा गरेको लगानीबाट उत्साह बढ्नेछ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ।

मकर : समय सामान्य राम्रो छ। शिक्षा, रोजगारी र सामाजिक क्षेत्र उत्साहजनक छन्। स्वास्थ्यमा समस्या हुने भएकाले चिसोबाट जोगिनु राम्रो हुन्छ। धनको कारण विवादमा पर्ने योग रहेको छ। परिवारको सहयोग रहने छ।

कुम्भ : दिन सामान्य छ। गल्ती नगरे पनि झुटा आरोपको सामना गर्नुपर्ने छ। परिवारबाट असहयोग हुनेछ। वैदेशिक क्षेत्रमा गरेको प्रयासबाट फाइदा हुनेछ।

मीन : आज शान्ति प्राप्ति हुने योग रहेको छ। लगानीबाट फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ। आफ्नै भनेका साथीले भने कुरा काट्ने भएकाले व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ।

1235
Shares

ट्रेन्डिङ