सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • भक्तपुरमा मोटरसाइकल दुर्घटना : चालकको मृत्यु

भक्तपुरमा मोटरसाइकल दुर्घटना : चालकको मृत्यु

600
Shares
भक्तपुरमा मोटरसाइकल दुर्घटना : चालकको मृत्यु

 काठमाडौं । भक्तपुरमा रोकिएको गाडीमा ठोक्किएर दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

मृत्यु हुनेमा भक्तपुर सूर्यविनायक नगरपालिका-२ बालकोटका २४ वर्षीय समन भुजेल रहेका छन् । गाडीमा ठोक्किएर घाइते भएका उनको मध्यपुर थिमि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार राति २१:५० बजे मध्यपुर ठिमी नगरपालिका-४ चारदोबाटोस्थित आकाशे पुल नजिकै रोकिएको बा ५ ख. २५१ नं. को गाडीमा भुजेल चढेको प्रदेश नं. ३ -०२-००९ प ७००७ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

600
Shares

ट्रेन्डिङ