सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • विश्वको वर्तमान समस्या दक्षिणको मौलिक ज्ञानले समाधान गर्छ : प्रधानमन्त्री प्रचण्ड

विश्वको वर्तमान समस्या दक्षिणको मौलिक ज्ञानले समाधान गर्छ : प्रधानमन्त्री प्रचण्ड

660
Shares
विश्वको वर्तमान समस्या दक्षिणको मौलिक ज्ञानले समाधान गर्छ : प्रधानमन्त्री प्रचण्ड

काभ्रे | उत्तर क्षेत्रीय अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन बिहिबारदेखि धुलिखेलमा शुरु भएको छ ।
काठमाडौं विश्वविद्यालय ९केयू० को आतिथ्यतामा बिहिवारदेखि शनिवारसम्म विश्वविद्यालयको मुख्य परिसरमा शुरु भएको कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहालले उद्धघाटन गरेका हुन् ।

यस अघि सोहि स्थानमा हुने दिक्क्षान्त समारोहलाई सम्बोधन गर्न भने प्रधानमन्त्रीले सडकबाट नै आउने गरेका थिए तर यसपटक शिखर सम्मेलनलाई सम्बोधन गर्न प्रधानमन्त्रि दाहाल करिब १ घण्टा ३० मिनेटकै बाटोमा समेत हेलिकप्टरमा सवार भएका छन् ।

भारतीय विश्वविद्यालय संघको आयोजना तथा काठमाण्डौ विश्वविद्यालयको तत्वावधानमा आयोजित कार्यक्रममा नेपाल, भारत, बाङ्लादेश, मलेसिया, थाइल्यान्ड, लगायत देशका विश्वविद्यालयका उपकुलपति तथा शिक्षाविद्हरुको उपस्थिति रहेको छ । भारत सहित दक्षिणपूर्वी एसियाली क्षेत्र, युरोप, अफ्रिका र अष्ट्रेलियाका विभिन्न विश्वविद्यालयका २३७ जना शिक्षाविद्हरुको को सहभागिता रहेको केयूले जनाएको छ ।

सभामा विश्वले उच्चशिक्षाको क्षेत्रमा भोगिरहेको समकालीन मुद्दा “भूमण्डलीकरण र उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण” मूल–विषय रहेको उक्त सभामा उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, अन्तर–विश्वविद्यालय सहकार्य, वैश्विक उच्च शिक्षा नीति आदि विषयमा छलफल हुनेछन् ।

सम्मेलनले नेपालका विद्यालय, कलेज र विश्वविद्यालयका विद्यार्थीहरूलाई करिब १ सय भारतीय विश्वविद्यालयका प्राध्यापकहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने र विश्वविद्यालयहरूले उपलब्ध गराएको अवसरहरू बुझ्ने अवसर प्रदान गर्ने आयोजकको दाबी छ ।

१ सय भारतीय विश्वविद्यालयहरूले लगभग ५ हजार शैक्षिक र व्यावसायिक कार्यक्रमहरू, आविष्कारहरू, र उत्कृष्ट अभ्यासहरू प्रदर्शन गर्नेछन् । दुबै देशका प्राध्यापक र विद्यार्थीहरूले पारस्परिक अनुसन्धान सहयोग, प्राध्यापक र विद्यार्र्थी आदानप्रदान, ट्विनिङ कार्यक्रमहरू, संयुक्त र दोहोरो डिग्री आदिमा अन्तरक्रिया र विचार विमर्श गर्ने अवसर पाउनेछन् ।

शिखर सम्मेलनले दुवै देशका विश्वविद्यालयबीचको सहकार्य र ज्ञान आदानप्रदानलाई बढावा दिनुका साथै भारत र नेपालबीचको शैक्षिक सम्बन्धलाई थप सुदृढ बनाउनेछ ।

भारतीय विश्वविद्यालय संघका अध्यक्ष तथा विज्ञान एवं प्रौद्योगिकी विश्वविद्यालय मेघालयका उपकुलपति प्रा।डा जी डी शर्माले अध्यक्षीय सम्बोधन गरेका थिए ।

भारतीय विश्वविद्यालय संघका उपाध्यक्ष एवं क्षत्रपति साहुजी महाराज विश्विविद्यालय कानपुरका उपकुलपति विनय कुमार पाठक, भारतीय विश्वविद्यालय संघकी महासचिव पंकज मित्तल तथा काठमाण्डौ विश्वविद्यालयका उपकुलपति भोला थापा, सस्थापक उपकुलपति सुरेशराज शर्मा, रजिस्ट्रार अच्युत वाग्लेले कार्यक्रममा सम्बोधन गरेका थिए ।

नेपाल–भारत उच्च शिक्षा शिखर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिणमा रहेको मौलिक ज्ञान प्रणालीमा स्थापित बौद्धिक सम्पदाले विश्वव्यापीरुपमा देखिएका वर्तमान समस्या समाधान गर्ने बताउनुभएको छ ।

भारतीय विश्वविद्यालय सङ्घ९एआइयु०–उत्तर क्षेत्रका उपकुलपतिहरुको बैठक एवं नेपाल–भारत उच्च शिक्षा शिखर सम्मेलनको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले चिकित्सा शिक्षा, जीवन शैली र शान्ति स्थापनाजस्ता विषयमा दक्षिणको मौलिक बौद्धिक सम्पदाले विश्वलाई सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

दक्षिणमा रहेका ज्ञानका स्रोतहरु विश्वव्यापी व्यवस्थामा योगदान पुर्याउनका लागि बैठक एवं सम्मेलन प्रस्थानविन्दु हुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वव्यापी दक्षिणका लागि उच्च शिक्षा घोषणापत्र तयार गर्न महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

“हामीले आर्थिक मापदण्डका आधारमा दक्षिण र उत्तरबीच विभाजनलाई टाढा राख्नुपर्छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “बरु, साझा आधारहरू खोजेर दक्षिण र उत्तरलाई जोड्ने तरिकाहरू खोज्नुुपर्छ ।” उहाँले उत्तर–दक्षिण जोड्ने घोषणापत्र लेख्न नेपालबाट काठमाडौं विश्वविद्यालयले अगुवाई गरिरहेको भन्दै यस्ता बौद्धिक कार्यले विश्वलाई नै सहयोग पुग्ने बताउनुभयो ।

आफ्नो ३२ वर्षको इतिहासमा, काठमाडौं विश्वविद्यालयले अन्तर्राष्ट्रियकरण र शैक्षिक कार्यक्रमहरूको विस्तारमा सराहनीय प्रयास गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले पाँच हजारभन्दा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई स्नातक गराएकोप्रति खुशी व्यक्त गर्नुभयो । विश्वविद्यालयको यसखाले पहलहरूले नेपालको शैक्षिक प्रस्तावहरूलाई मात्र नभएर अन्तर–सांस्कृतिक बुझाइ र सहकार्यलाई पनि बढावा दिएको प्रधानमन्त्री प्रचण्डले उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले आगामी शैक्षिक वर्षमा विश्वेश्वर योग अनुसन्धान संस्थानसँगको साझेदारीमा भारतको तिरुपतिमा प्रदान गरिएको योग विज्ञान र कल्याणमा स्नातक कार्यक्रमको साथमा काठमाडौं विश्वविद्यालयले विदेशमा आफ्नो शैक्षिक कार्यक्रमहरू विस्तार गरेकोमा बधाई समेत दिनुभएको छ ।

660
Shares

ट्रेन्डिङ