सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • सिन्धुपाल्चोकको बाह्रबिसेमा जीप दुर्घटना, २ जनाको मृत्यु

सिन्धुपाल्चोकको बाह्रबिसेमा जीप दुर्घटना, २ जनाको मृत्यु

760
Shares
सिन्धुपाल्चोकको बाह्रबिसेमा जीप दुर्घटना, २ जनाको मृत्यु

सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकको बाह्रबिसेमा जीप दुर्घटना हुँदा दुई जनाको  घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा बाह्रबिसे नगरपालिका-७ की ४० वर्षीया दिलकुमारी प्रधान र लालकुमारी प्रधानको घटनास्थलमै मृत्यु भएको हो । बुधबार बिहान ११ बजे बाह्रबिसे जान लागेको बा १२ च ४९९१ बोलेरो जीप सडकबाट करिब २ सय मिटर तल खसेको थियो ।

६ जना सवार बोलेरोमा चालकसहित ४ जना घाइते भएका छन् ।

चालक बिक्रम थापा, गाडीमा सवार यात्रुहरू बाह्रबिसे-७ कै गोपाल थापा, खड्ग कुमारी श्रेष्ठ, पुष्कर थापा घाइते रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रमुख इन्स्पेक्टर देवेन्द्र जोशीले जानकारी दिएका छन् ।

760
Shares

ट्रेन्डिङ