सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • दुधमा आत्मनिर्भर जिल्ला काभ्रेकै किसान आन्दोलित , प्रजिअलाई बुझाए ज्ञापनपत्र

दुधमा आत्मनिर्भर जिल्ला काभ्रेकै किसान आन्दोलित , प्रजिअलाई बुझाए ज्ञापनपत्र

1740
Shares
दुधमा आत्मनिर्भर जिल्ला काभ्रेकै किसान आन्दोलित , प्रजिअलाई बुझाए ज्ञापनपत्र

काभ्रे । नेपालमै पहिलो डेरि स्थापना भएको जिल्ला काभ्रे दुधमा आत्मनिर्भर जिल्ला हो ।अहिले सोही जिल्लाका किसान दुधको भुक्तानी नपाएको र गुणस्तरीय दूध विक्रीमा समेत समस्यामा पर्न थालेको भन्दै प्रजिअलाई ध्यानाकर्षण सहित ज्ञापनपत्र बुझाएका छन ।

लामो समय देखि दुधको भुक्तानी नपाएका काभ्रेका दूध सहकारीका प्रतिनिधिहरुले आज विरोध ¥याली सहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन ।

दूध कृषि सहकारीहरुको आयोजनामा ध्यानाकर्षण सहित ज्ञापनपत्र बुझाईएको हो ।काभ्रे जिल्ला दूध उत्पादक सहकारीका अध्यक्ष नारायण बडाल र प्रतिनिधि सहितको टोलिले जिल्ला प्रशासन कार्यलय पुगेर प्रमुख जिल्ला अधिकारी रुद्रा देवि शार्मालाई ज्ञापनपत्र बुझाएका हुन ।

काभ्रेका दूध उत्पादक सहकारी र दूध किसानले ६ महिनाको दुधको रकम डिडिसी बाट पाउन बाकी रहेको छ ।उनिहरुले दूध बिक्रीमा सम्म समस्या रहेकाले थप सहजीकरण गरिदिनका लागि समेत ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराएका छन ।

1740
Shares

ट्रेन्डिङ