सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • टाटा सुमोमा लुकाई राखेको चार सय ६ केजी गाँजा बरामद

टाटा सुमोमा लुकाई राखेको चार सय ६ केजी गाँजा बरामद

610
Shares
टाटा सुमोमा लुकाई राखेको चार सय ६ केजी गाँजा बरामद

सुनसरी ।  प्रहरीले सुनसरीको वराहक्षेत्र ९ राजाबासस्थित कोशी किनारमा टाटा सुमो गाडीमा लुकाई राखेको ४०६ केजी ९४० ग्राम गाँजा  बरामद गरेको छ ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी निरीक्षकको टोलीले लागूऔषध गाँजा १३ बोरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

सेतोमा रातो धर्का भएको प्लास्टिकको प्याक गरेको बोरासहित प्रदेश ०१–०२–००१ज ४०५० नम्बरको टाटा सुमो गाडीमा राखिएको अवस्थामा गाजाको बोरा र गाडी बरामद गरिएको छ ।

 प्रहरीले १३ वटा बोरामा रहेको गाजासहित बाेलेरो चालक धरान उपमाहनगरपालिका वडा नम्बर ४ बस्ने वर्ष २५ को सूर्य राई र जिल्ला भोजपुर हतुवागडी गाउँपालिका ८ बस्ने वर्ष २७ को लक्ष्मण राईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

610
Shares

ट्रेन्डिङ