सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • काभ्रेका दुध किसनाहरु आन्दोलनमा उत्रिए

काभ्रेका दुध किसनाहरु आन्दोलनमा उत्रिए

845
Shares
काभ्रेका दुध किसनाहरु आन्दोलनमा उत्रिए

काभ्रे | समयमानै दुधको भुक्तानी नपाएको तथा गुणस्तरिय दूध बिक्रिमा पनि समस्या भएको भन्दै काभ्रेका किसानहरु आन्दोलनमा उत्रिएका छन् ।

आन्दोलनमा उत्रिएका किसानहरुले बनेपाको चारदोबाचोमा शान्तिपूर्ण चक्काजाम गरेका छन् । किसानहरुले समयमानै दुधको भुक्तानी पाउनुपर्ने, उत्पादन लागत घटाउनुपर्ने माग राख्दै शान्तिपूर्ण चक्काजाम तथा निशुल्क दुध वितरण कार्यक्रम गरेका हुन् ।

काभ्रे जिल्ला दुग्ध उत्पादक सहकारी संघ, तथा विभिन्न राजनितिक दल सम्बृद्ध किसान सञ्जालको आयोजनामा शान्तिपूर्ण चक्काजाम तथा निशुल्क दुध वितरण कार्यक्रम आयोजना भएको हो । आन्दोलनमा उत्रिएका किसानहरुले कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसालको राजिनामा समेत मागेका छन् ।

845
Shares

ट्रेन्डिङ