सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • लामो समय देखि बुवा–आमाको काख बाट टाढिएकी थिइन् शालिन

लामो समय देखि बुवा–आमाको काख बाट टाढिएकी थिइन् शालिन

925
Shares
लामो समय देखि बुवा–आमाको काख बाट  टाढिएकी थिइन् शालिन

चितवन । यही फागुन १२ गते कक्षा ८ मा अध्ययनरत  शालिन पोखरेल चितवनको रत्ननगर नगरपालिका वडा नं. १० मा रहेको शिशु निकेतन माविको छात्रावासमा मृत अवस्थामा भेटिइन् ।

 घटना भएको थाहा पाउनेवित्तिकै इलाका प्रहरी कार्यालय टाँडीको टोली घटनास्थल पुगेको थियो ।   होस्टेल भित्रको कोठामा स्काउटको डोरीले घाँटीमा पासो लगाएर झुण्डिएको अवस्थामा फागुन १२ गते शालिन भेटिएकि थिईन् ।

परिवारका सदस्यले होस्टल भित्रै उनीमाथि बलात्कारपछि हत्या गरिएको दावी गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसन्धान अधिकृतहरुले भने प्रारम्भिक अनुसन्धानमा बालिकाले आत्महत्या गरेको तर्फ संकेत गरेका छन् ।शवको प्रारम्भिक विवरणअनुसार उनको गालानेर डाम छ । घाँटीमा डोरीको डाम छ । प्रहरीले प्रारम्भिक अनुसन्धानमा शरीरका अन्य भागमा कुनै बाहिरी चोटपटक नभेटेको बताएको छ ।

विगत दुई वर्षदेखि विद्यालयको होस्टलमा बस्दै आएकी शालिनले आत्महत्या गरेकी हुन् वा हत्या गरिएको हो भन्ने विषयको अनुसन्धान प्रहरीले गरिरहेको जनाएको छ ।

शालिनको बुबा दक्षिण अफ्रिकामा र आमा दुवईमा बस्दै आएका थिए । बुवा केही समय अगाडि मात्रै नेपाल आएका हुन् । बुवा र आमा दुवैले विदेशमा अर्को विवाह गरेर बसेका थिए । आमाले पाकिस्तानी नागरिकसँग बिहे गरेकी थिइन् भने बुवा काठमाडौं बसुन्धरामा कान्छी श्रीमतीका साथ बसिरहेका छन् ।

शालिन तीन वर्षको छँदा नै उनका आमा र बुवाको सम्बन्ध बिच्छेद भएको थियो । आमा-बुवा बीच सम्वन्ध बिच्छेद भएपछि उनी कहिले काकासँग त कहिले मामाघरकी हजुरआमासँग बस्दै आएकी थिइन् ।

उनीहरुले होस्टेलको वार्डेनमार्फत बेलाबखत छोरीसँग फोनमा कुराकानी गर्ने गरेका थिए । लामो समयदेखि बुवा–आमाको ममताबाट टाढिएकी थिइन् शालिन । घटनापछि भने उनका बुवा–आमा दुबै मिलेर पत्रकार सम्मेलन गरेका छन् ।

925
Shares

ट्रेन्डिङ