सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • छुरा प्रहार गरी युवकको हत्या

छुरा प्रहार गरी युवकको हत्या

630
Shares
छुरा प्रहार गरी युवकको हत्या

चितवन  ।  चितवनको खैरहनी नगरपालिकामा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । 

खैरहनी नगरपालिका–२ निवासी २४ वर्षीय कृष्णप्रसाद खनाल घर नजिकै हर्बल कारखाना अगाडि मृत  भेटिएका हुन् ।  खनालको हत्या कसले र किन गरियो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खनालको कोखामा छुरी रोपिएको छ । 

अहिले घटनास्थलमा तालिमप्राप्त कुकुर लगेर अध्ययन भइरहेको बताइएको छ ।

630
Shares

ट्रेन्डिङ