सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१

आयोजक सहारा सेमिफाइनलमा

3060
Shares
आयोजक सहारा सेमिफाइनलमा

यहाँ जारी पन्ध्रौं आहा रारा गोल्डकप फुटवल प्रतियोगितामा आयोजक सहारा क्लब प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । भारतको युनाइटेड सिक्किमलाई टाइब्रेकरमा ४–२ अन्तरले पराजित गर्दै सहाराले अन्तिम चारको यात्रा तय गरेको हो ।
निर्धारित ९० र थप ३० मिनेट समयमा गोल नभएपछि टाइब्रेकरमा निर्णय भएको थियो । टाइबेकरमा सहाराका उत्तम गुरुङ, सुसन गुरुङ, शिव सुवेदी र रमेश मगरले गो गरेका थिए भने युनाइटेडका सञ्जय क्षेत्री तथा र फूर्वा छिरिङ लेप्चाले गोल गरे पनि सोनाम तोप्देन र आषिश क्षेत्रीले हानेको बल पोस्ट माथिबाट बाहिरिएको थियो ।
प्रतियोगितापछि आयोजित पत्रकार भेटघाटमा सहारा क्लब पोखराका कोच किरण श्रेष्ठले सुरुदेखि नै दुवै टोलीबीच कडा प्रतिष्पर्धा भएको बताउँदै गोल हान्ने धेरै अवसर गुम्न गएको बताउनुभयो ।
युनाइटेड सिक्किमका प्रशिक्षक अर्जुन राईले दुवै टिम सुरुवातदेखि नै राम्रो खेलेका कारण कडा प्रतिष्पर्धा भएको बताउँदै आयोजक सहारा क्लबले गोल्डकपमा खेल्नका लागि दिएको अवसर प्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।
आहा रारा गोल्डकपअन्तर्गतको आइतबारका दोस्रो क्वाटरफाइनल खेल लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी र धरान फुटवल क्लबबीच हुनेछ ।
अब सहाराले आर्मी र रमपम झापा ११ को विजेतासँग माघ १२ गते सेमिफाइनलमा खेल्नेछ । रासस

3060
Shares

ट्रेन्डिङ