सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • थ्रेसरमा च्यापिएर महिलाको मृत्यु

थ्रेसरमा च्यापिएर महिलाको मृत्यु

335
Shares
थ्रेसरमा च्यापिएर महिलाको मृत्यु

रुपन्देही ।  रुपन्देहीको देवदह नगरपालिका–४, विजयपुरमा थ्रेसर मेसिनमा परेर सोमबार राति एक जनाको मृत्यु भएको छ ।

थ्रेसर मेसिनमा परेर तिनाउ गाउँपालिका–३, कोलडाँडा स्थायी घर भएकी ५१ वर्षकी लिलासरा दर्लामीको मृत्यु भएको हो ।  दर्लामी कम्पनीमा काम गर्ने क्रममा सोमबार साँझ थ्रेसर मेसिनमा परेको र तत्काल उद्धार गरी उपचारका लागि बुटवल पठाइए पनि अस्पतालले मृत्यु घोषणा गरेको कम्पनीका सञ्चालक धकेश्वर भट्टराईले बताएका छन् ।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

335
Shares

ट्रेन्डिङ