सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • मधेशका ३ स्थानीय तहले सकेनन् बजेट ल्याउन

मधेशका ३ स्थानीय तहले सकेनन् बजेट ल्याउन

270
Shares
मधेशका ३ स्थानीय तहले सकेनन् बजेट ल्याउन

काठमाडौं | चालू आर्थिक वर्ष सकिनै लाग्दा पनि अझै मधेश प्रदेशका तीन स्थानीय तहले बजेट ल्याउन नसकेको पाइएको छ । जसमा सर्लाहीका दुई स्थानीय तह र रौतहटको एउटा स्थानीय तहले चालू आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याउन नसकेका हुन् ।

अहिलेसम्म चालू आर्थिक वर्षको बजेट ल्याउन नसक्ने स्थानीय तहमा सर्लाहीको हरिपुर्वा नगरपालिका र सर्लाहीकै चन्द्रनगर गाउँपालिका रहेका छन् भने रौतहटको फतुवा विजयपुर नगरपालिका पनि रहेको छ ।

चालू आर्थिक वर्ष सकिन अब करिव चार महिना मात्रै बाँकी छ । चालू आर्थिक वर्षको ८ महिना बितिसेकेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्तर–सरकार वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँसभा नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ ।

270
Shares

ट्रेन्डिङ